दफा
परिषद्को काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) नोटरी पब्लिक सम्बन्धमा अवलम्बन गर्नु पर्ने नीति तर्जुमा गरी कार्यान्वयन गर्ने,
(ख) नोटरी पब्लिकको प्रमाणपत्र दिने,
(ग) नोटरी पब्लिकले यस ऐन वा परिषद्ले बनाएको आचारसंहिता बमोजिम काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने,
(घ) आपूmले गर्नु पर्ने काम कारबाहीको सम्बन्धमा आवश्यकता अनुसार समिति गठन गरी त्यस्तो समितिको काम, कर्तब्य र अधिकार तोक्ने,
(ङ) लेखापरीक्षक नियुक्त गर्ने, र
(च) तोकिए बमोजिमका अन्य काम गर्ने ।